गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
gorkhapatraonline.com · Fri May 22 09:47:43 GMT 2026

इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई विश्वव्यापी समुन्द्रि नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिक हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताउनुभएको छ ।
स्वयंसेवक टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको सुनियोनोले जनाउनु भएको छ । सुगियोनोका अनुसार इन्डोनेसियालीको रिहाइ र स्वदेश फिर्ता प्रक्रिया इन्डोनेसियाली सरकारले गरेको गहन तथा कूटनीतिक प्रयास र घनिष्ठ समन्वयको माध्यमबाट सुरक्षित रुपमा सम्भव भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)