फिल्म ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Mon Sep 07 04:20:21 GMT 2026

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन्। मौलिक स्वादको गीतमा प्रेमलाई सम्झनलायक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)