चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
nepalsamaya.com · Mon Sep 07 04:31:00 GMT 2026

सर्लाही- सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।
चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ।
Read full story at source (nepalsamaya.com)