सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, ४ लाख ६७ हजार आवेदकले पाए १० कित्ता शेयर
aarthiknews.com

काठमाडौं । सानिगाढ हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको हो।
कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। उक्त आईपीओमा २७ लाख ५९ हजार ४९० जनाबाट ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर माग गर्दै आवेदन परेको थियो।
Read full story at source (aarthiknews.com)