अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ : जेलेन्स्की
ratopati.com · Sun Apr 07 17:40:00 UTC 2024

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् ।
कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड २४ को भिडियो बैठकमा जेलेन्स्कीले भने ।
Read full story at source (ratopati.com)