सेयरमा बैंकहरूको लगानी १ खर्ब ३९ अर्ब, कुन बैंकको कति ?
arthasansar.com

वाणिज्य बैंकहरूले सेयर बजारतर्फको कर्जा लगानी उल्लेख्य रूपमा बढाएका छन्। बैंकहरूले सेयर धितो कर्जामा आक्रामक रूपमा लगानी विस्तार गरेका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्म (वैशाख मसान्त) को तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३ अर्ब १३ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा एक वर्षको अवधिमा सेयर कर्जा ३५.३८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
Read full story at source (arthasansar.com)