बाढीपछि प्रधानमन्त्री विदुरमा
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था बुझ्न र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र साह आज नुवाकोटको विदुर आइपुगेका छन्।
प्रधानमन्त्री साह सडकमार्ग हुँदै नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा पुगेका हुन्। हाल उनी सोही तालिम केन्द्रमा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग बाढी प्रभावित क्षेत्रको पछिल्लो वस्तुस्थिति बारे उच्चस्तरीय ‘ब्रिफिङ’ तथा छलफलमा रहेका छन्।
Read full story at source (hamrakura.com)