नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात कर्मचारी सम्पर्कविहीन
nepalpress.com · Thu Aug 27 07:55:53 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकको स्याफ्रुबेशी, टिमुरे र मैलुङ शाखामा कार्यरत ती कर्मचारी बेपत्ता भएका हुन् ।
बैंकका अनुसार स्याफ्रुबेशी शाखामा कार्यरत पाँच कर्मचारी सम्पर्कमा आएका छैनन् । यस शाखाका शिव प्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ याजेन तामाङ र भीम बहादुर खड्का बेपत्ता भएका हुन् ।
Read full story at source (nepalpress.com)