बाढी प्रभावितलाई विदुर नगरपालिकाले १० हजार घरभाडा दिने
bishowkhabar.com · Mon Sep 07 04:54:31 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित भई घरमा बस्न नसक्ने परिवारलाई विदुर नगरपालिकाले प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई घर भाडामा लिएर बस्न प्रोत्साहन गर्ने निर्णय गरेको हो । नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा सरसफाइ सामग्रीसमेत राहतस्वरूप उपलब्ध गराउने जनाएको छ ।
Read full story at source (bishowkhabar.com)