नाईमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी नयाँ गाडी सार्वजनिक हुने
shilapatra.com · Mon Jul 06 15:34:00 GMT 2026

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) द्वारा आयोजना हुने नाईमा मोबिलिटी एक्सपो, २०२६ मा ५१ वटा स्टल रहने भएको छ । कुल ५१ स्टलमा ५५ भन्दा बढी सवारी ब्रान्डको प्रदर्शनी हुने आयोजक नाडाले जानकारी दिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नाईमाले सोही अवसरमा ४० वटाभन्दा बढी नयाँ सवारी प्रोडक्टहरू समेत सार्वजनिक गरिने जानकारी दिएको छ ।
दोस्रो संस्करणको नाईमा नेपाल मोबिलिटी एक्सपो, २०२६ यही आउँदो २६ साउनदेखि ३१ साउनसम्म भृकुटीमण्डपमा आयोजना हुँदै छ । सोही प्रदर्शनीका बारेमा जानकारी दिँदै नाईमाले नेपालकै बृहत् अटो शो हुने दाबी गरेको छ ।
Read full story at source (shilapatra.com)