पहिरोका कारण काभ्रा–कालिमाटी सडक बन्द
gorkhapatraonline.com · Mon Sep 07 05:05:45 GMT 2026

सल्यानको लुहाम–काभ्रादेखि कालिमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। कालिमाटी गाउँपालिका–१ स्थित दलपुरेनजिक ठुलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो। गएरातिदेखि त्यहाँ पहिरो झर्न सुरु भएको बताइएको छ।
सडकको माथिबाट निरन्तर ढुङ्गा, माटो तथा पहिरो झरिरहेको हुँदा तत्काल सडक खुलाउन कठिन भएको कालिमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले जानकारी दिनुभयो। पहिरो झर्ने क्रम नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई जोखिम मोलेर उक्त सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ।
Read full story at source (gorkhapatraonline.com)