भोटेकोशी बाढी : नीलकण्ठ नगरपालिकाले मृतकका आफन्तलाई ४० हजार दिने
himalpress.com · Mon Sep 07 05:05:53 GMT 2026

धादिङ- भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले रु ४० हजार उपलब्ध गराउन थालेको छ।
नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन्। भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ। केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन्।
Read full story at source (himalpress.com)