भोटेकोशी बाढीका मृतकहरूको सद्गतिका लागि पशुपतिनाथमा अनुष्ठान
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण दिवंगत व्यक्तिहरूको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा सामूहिक धार्मिक अनुष्ठान गरिएको छ।
आज बिहान पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको तटमा मृत आत्माहरूको शान्ति र चिरशान्तिको कामना गर्दै सामूहिक रूपमा सद्गति कर्म सम्पन्न गरिएको हो। बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यका साथ उक्त धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो।
Read full story at source (hamrakura.com)