पाल्पामा २५५ जनामा डेंगु संक्रमण पुष्टि
nepalnews.com · Mon Sep 07 05:14:01 GMT 2026

पाल्पा । पाल्पाका २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए।
पछिल्ला वर्षमा यहाँ डेंगु संक्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि संक्रमण संख्या उल्लेख्य छ। आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।
Read full story at source (nepalnews.com)