मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Mon Sep 07 05:11:01 GMT 2026

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सडकमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्युर्टो रिकोको सान हुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो । त्यसपछि विमान विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो ।
Read full story at source (gorkhapatraonline.com)