परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ
shilapatra.com · Mon Jun 15 05:59:00 GMT 2026

विपक्षी दल नेकपा (एमाले)ले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको अभिव्यक्तिको जवाफ माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री खनालले ‘अतितको बोझ बोक्न सक्दैनौँ’ भनि दिएको अभिव्यक्तिको जवाफ माग गरिन् ।
‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनुभएको कुरा आएको छ,’ अर्यालले भनिन्, ‘पारि बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतितको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनुभएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’
Read full story at source (shilapatra.com)