गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
ratopati.com · Mon Jul 06 15:54:34 GMT 2026

पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आयोजना र समाजवादी कम्युनिस्ट पार्टी नेपाल तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सहयोगमा पोखरामा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालयःसम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा गण्डकी प्रदेशमा क्रियाशील नेपालका सम्पूर्ण कम्युनिस्ट/वामपन्थी शक्तिले समर्थन जनाउँदै यथासम्भव छिटो विश्वविद्यालयलाई देशभर प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न विचारगोष्ठीमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियानका अभियन्ता तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव अशोक सुवेदीद्वारा प्रस्तुत ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय ः सम्भावना र चुनौती’ विषयक प्रस्तावनापत्रमाथि टिप्पणी गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी बहुमत, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी लगायत कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश/ब्युरो स्तरीय नेताहरूले मार्क्सवादी विचार र कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको समयमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि जोड दिएका हुन् ।
Read full story at source (ratopati.com)