नेकपाले माग्यो दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ
annapurnapost.com · Mon Jun 15 06:16:21 GMT 2026

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
उनले हेलिकोप्टरमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उक्त घटनाबारे सरकारले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका हुन्।
Read full story at source (annapurnapost.com)