बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती
barnanmedia.com · Fri May 22 10:54:58 GMT 2026

सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर-बिउरेनी-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिकले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् ।
उक्त सडक निर्माणको जिम्मा लिएको अनक/जयदेवी जेभी निर्माण सेवाले चार वर्ष लाग्दासमेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झौताका साथ बड्डीचौर-बीउरेनी-खम्बागाडे १३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)