बारामा पिकअप गाडी दुर्घटना : चालकको मृत्य,सहचालक घाइते
annapurnapost.com · Mon Sep 07 05:43:19 GMT 2026

सिमरा : पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् ।
पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको डिभाइरमा ठोक्किँदै अर्को लेनमा पुगेर पल्टिएको प्रहरीको भनाइ छ ।
Read full story at source (annapurnapost.com)