काभा बिच भलिबलमा सुनिता र भावनालाई रजत पदक
ratopati.com · Mon Sep 07 05:52:14 GMT 2026
काठमाडौँ । काभा बिच भलिबल प्रतियोगितामा नेपालकी सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा आइतबार भएको फाइनलमा भारतको दीपिका र पवित्राको जोडीसँग पराजित हुँदा नेपाली जोडी उपविजेतामा सीमित भएको हो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गरेको बिच भलिबलमा नेपाली जोडीले पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि उत्कृष्ट लय समात्न नसक्दा नेपाली जोडीले दोस्रो र तेस्रो सेट गुमायो । भारतीय टोलीले दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–५ ले जित्यो ।
Read full story at source (ratopati.com)