बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
nepalnews.com · Mon Sep 07 05:50:54 GMT 2026

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको ८९ प्रतिशत भौतिक प्रगति र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
हालसम्म उक्त आयोजनामा पाँच करोड ६९ लाख तीन हजार ३३७ रुपैंयाँ खर्च भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। उनका अनुसार मूल्य अभिवृद्धि करसहित आयोजना निर्माणका लागि ८ करोड ६४ लाख ७९ हजार २३६ रुपैंयाँमा ठेक्का लागेको थियो। २०८१ वैशाख १२ गते सम्झौता गरिएकामा २०८३ असोज ३१ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद छ।
Read full story at source (nepalnews.com)