उत्तरगंगा ढोरबराह मन्दिरमा भक्तजनको भिड
gorkhapatraonline.com · Fri Aug 28 07:48:08 GMT 2026

ढोरपाटन नगरपालिका –९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दर्शनार्थीहरुको भिड लागेको छ । ढोरपाटनमा सडक पुगेपछि जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुको संख्या वर्षेनी बढ्दै गएको हो ।
ढोरबराहको पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका छन् । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन छ । ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।
Read full story at source (gorkhapatraonline.com)