बाढी प्रभावित क्षेत्रमा वर्ल्डलिंकको राहत : इन्टरनेट सेवा नरोकिने, थप ५ दिन निःशुल्क
aarthiknews.com

काठमाडौं । बाढीबाट प्रभावित धादिङको त्रिशूली, गजुरी र गल्छी क्षेत्रका ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ। कम्पनीले बाढीका कारण आर्थिक तथा भौतिक समस्यामा परेका ग्राहकको इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको हो।
नियमित सेवा शुल्क तिर्न नसकेका वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेटसमेत तत्काल बन्द नगरिने कम्पनीले जनाएको छ। नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप पाँच दिन निःशुल्क सेवा उपलब्ध गराइनेछ।
Read full story at source (aarthiknews.com)