प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा
aarthiknews.com

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
Read full story at source (aarthiknews.com)