चितवनमा माछाको उत्पादन बढाउन नश्ल सुधारमा सहयोग, ३ सय भुरा किसानलाई प्रदान
nagariknews.nagariknetwork.com · Fri May 22 11:12:29 GMT 2026

माडी नगरपालिका–७ स्थित गोपालनगरका बाबुराम कुशवाहले माछापालन क्षेत्रमा काम गरेको ९ वर्ष पुगेको छ। यो अवधिमा माछाका भुरा लिन कुशवाह भैरहवा, वीरगञ्जलगायतका जिल्लामा जानुपर्थ्यो। आजभोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्।
“माछाका भुरा लिन विभिन्न ठाउँमा जानुपर्थ्यो। नजिक नपाउँदा निकै कठिन हुन्थ्यो। यहाँ उत्पादन गर्न सके हामी किसानलाई पनि राम्रो हुन्थ्यो भन्ने लाग्यो,” उनले भने, “अहिले किसानलाई माछाका भुरा उपलब्ध गराउन कठिन भइरहेको छ।”
Read full story at source (nagariknews.nagariknetwork.com)