भोटेकोशी बाढीपछि निजामती सेवा दिवसका सबै औपचारिक कार्यक्रम रद्द
kendrabindu.com · Mon Sep 07 06:02:07 GMT 2026

काठमाडौं । सरकारले यस वर्षको निजामती सेवा दिवसका अवसरमा आयोजना हुने सबै औपचारिक कार्यक्रम रद्द गरेको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।
बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोकसमेत घोषणा गरेको छ । विपद्का कारण खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेकाले दिवसका कार्यक्रम रद्द गरिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
Read full story at source (kendrabindu.com)