ग्यासको अभावले कक्षाकोठा छोडेर सडकको लाममा बालक
ratopati.com · Mon Sep 07 06:13:09 GMT 2026

काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी र अर्कोतिर सडकको लाम छ। काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै ग्यास पाइने आशमा शनिबारदेखि खाली सिलिन्डर कुर्दै कक्षा ५ का मनिष बस्नेत लाइनमा बसेका छन्।
सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिन्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन्। मानौँ कुनै कैदीको लस्कर उभिएको होस्। त्यही लस्करको बीचमा एउटा बालक बसेको छ।
Read full story at source (ratopati.com)