वित्तीय प्रणालीको १२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै
onlinekhabar.com · Mon Sep 07 06:08:24 GMT 2026

२२ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा अल्पकालीन ब्याजदरको अस्वभाविक उतारचढाव व्यवस्थापनका लागि वित्तीय प्रणालीको तरलता खिच्ने वा पठाउने गर्छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन मार्फत अन्तर बैंकदरलाई नियन्त्रण गर्छ ।
Read full story at source (onlinekhabar.com)