नेपालले लिग लिडर अमेरिकालाई १२२ रनले हरायो, ब्याटिङ-बलिङ चम्कियो
kendrabindu.com · Fri May 22 11:35:36 GMT 2026
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। उत्कृष्ट ब्याटिङ र धारिलो बलिङको मद्दतले नेपालले अमेरिकालाई खेलको कुनै पनि मोडमा सम्हालिने मौका दिएन।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले। ८३ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे।
Read full story at source (kendrabindu.com)