बुद्धभूमिमा लालपुर्जा वितरण
ratopati.com · Mon Sep 07 06:17:49 GMT 2026

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जग्गाधनीलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ गरी ७३० जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण अभावमा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व स्थापित गर्न सहज हुने भएको छ ।
Read full story at source (ratopati.com)