भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक,आधा झुकाइयो राष्ट्रिय झण्डा
annapurnapost.com · Mon Sep 07 06:09:57 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा १३ औं दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोमबार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १३ सय बढिको मृत्यु भएको छ । प्रहरीको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
Read full story at source (annapurnapost.com)