उपचार खर्चकै कारण कुनै नगरवासी अस्पताल जानबाट वञ्चित नहोस् : मेयर रिसाल
makalukhabar.com · Mon Jun 15 07:12:26 GMT 2026

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज (केएमसी) बिच नगरवासीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार (असार १ गते) उपचारसम्बन्धी सम्झौता भएको छ। गोकर्णेश्वर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता आगामी साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।
सम्झौता कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले स्थानीय सरकारको मुख्य दायित्व नागरिकको जीवनस्तर सुधार गर्नु रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नगरपालिकाले पहल गरेको स्पष्ट पारे।
Read full story at source (makalukhabar.com)