नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
ajakoartha.com · Mon Jun 15 07:13:00 GMT 2026

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक पाँचदिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम आइतबारदेखि सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको विशेष सहयोगमा सञ्चालन भएको कार्यक्रममा कलेजका ६० जना शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको छ ।
असार १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्देश्य प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको अनुसन्धान, तथ्याङ्क विश्लेषण र कम्प्युटरमा आधारित गणनात्मक सीप अभिवृद्धि गर्नु रहेको कलेजले जनाएको छ । कार्यक्रममार्फत सहभागीहरूलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा पाइथन प्रोग्रामिङ भाषाको प्रभावकारी प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
Read full story at source (ajakoartha.com)