नेपाल–भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउनुपर्छ : आशिका तामाङ
shilapatra.com · Mon Jun 15 07:24:00 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग गरेकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बैठकमा बोल्दै सांसद तामाङले यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउने बताइन् ।
‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्,’ उनले भनिन् । कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भू–भागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको सांसद तामाङले भनाइ छ ।
Read full story at source (shilapatra.com)