‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
ratopati.com · Fri Jun 05 08:39:39 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर’द्वारा शुक्रबार आयोजित ‘आयुर्वेद, योग तथा ध्यानमार्फत् स्वास्थ्य’शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठीको समुद्घाटन गर्दै उनले योगमार्फत जीवनशैलीजन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Read full story at source (ratopati.com)