ट्याक्सीको ठक्करले बालकको मृत्यु
gorkhapatraonline.com · Fri Jun 05 08:41:24 GMT 2026

ट्याक्सीको ठक्करबाट काठमाडौंको तारकेश्वरमा गोरखाका ४ बर्षिय बालकको मृत्यु भएको छ । तारकेश्वर –९ फुटुङ ग्याडोलास्थित सडकमा बाग्मती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा गोरखा नगरपालिका –२ ताप्ले स्थायी घर भइ मनमैजु बस्दैआएका स्पर्श बानियाँको मृत्यु भएको हो ।
स्पर्श बानियाँ साबित्रा बानियाँ केसीका छोरा स्पर्शलाई दुर्घटनापछि उपचारका लागि ईशान बाल अस्पताल बसन्धुरामा लगिएको थियो । उपचारकै क्रममा बिहिबार साँझ बालकको मृत्यु भएको चिकित्सकले घोषण गरेका थिए ।
Read full story at source (gorkhapatraonline.com)