नागर्जुनमा पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, एक सयभन्दा बढी लाभान्वित
newsofnepal.com · Mon Jun 15 07:36:26 GMT 2026

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो।
स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको दूतावासले जनाएको छ। परीक्षणका क्रममा केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
Read full story at source (newsofnepal.com)