खाडी क्षेत्रमा बढ्यो तनाव, अमेरिकाले गर्यो इरानका तीन तेल ट्यांकरमाथि सैन्य आक्रमण
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम/टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले गस्तीमा रहेका अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको थियो। अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ।
Read full story at source (hamrakura.com)