मोदी शासनकालमा भारतका २५ करोड जनता गरिबीको रेखाबाट माथि उठेको क्रेमलिनको दाबी
lokaantar.com

रुसको सरकारी कार्यालय क्रेमलिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको उच्च प्रशंसा गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै मोदी आधुनिक भारतीय इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई तथा प्रशंसा व्यक्त गरे।
मोदीले गत साता भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उछिन्दै आधुनिक भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाएका थिए ।
Read full story at source (lokaantar.com)