प्रधानमन्त्रीको देश बनाउने तस्वीरमा नेकपाको व्यङ्ग्य– फुर्सद भयो होला, अब सदनमा जवाफ दिनुहुन्छ
shilapatra.com · Mon Jun 15 07:52:09 GMT 2026

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको देश बनाउने टिमको फेसबुक पोस्टमाथि व्यङ्ग्य गरेका छन् । आइतबार शाहले देश बनाउने टिम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलाले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ । देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ । अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
Read full story at source (shilapatra.com)