मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
ratopati.com · Fri Apr 26 17:08:00 UTC 2024

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।
उमेरले ५० वर्ष पूरा भएका खनालले हेटौँडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिएका हुन् । उनी विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका थिए ।
Read full story at source (ratopati.com)