उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
gorkhapatraonline.com · Fri Apr 26 17:16:42 UTC 2024

काठमाडौँ, वैशाख १४ गते । निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।
यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
Read full story at source (gorkhapatraonline.com)