१३ दिनसम्म चार आफन्तको अत्तोपत्तो छैन, खोजीको माग गर्दै माइतीघरमा धर्ना
kendrabindu.com · Mon Sep 07 07:11:08 GMT 2026

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित एउटा घरमा १३ दिनदेखि एक परिवार एउटै खबरको प्रतीक्षामा छ । वृद्ध बुवा र अपाङ्ग आमासहित परिवारका सदस्यहरूको ध्यान घरको ढोकातिर हुन्छ ।
फोन बज्दा उनीहरूको मन झस्किन्छ । तर १३ दिनदेखि उनीहरूले खोजिरहेको आवाज सुनिएको छैन । गत भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सोमनाथ पौडेल, उनकी श्रीमती तारा उपाध्याय र उनीहरूका दुई बालबालिका कहाँ छन् भन्ने अझै निश्चित हुन सकेको छैन । आफ्ना मान्छेको खोजीका लागि परिवार बर्दियास्थित घरबाट काठमाडौंको माइतीघर आइपुगेको छ ।
Read full story at source (kendrabindu.com)