बाजुराका १६ जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Mon Sep 07 07:14:19 GMT 2026

बाजुराका १६ जना अझै सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरेमा बस्दै आएका उनीहरू भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिका–६ का ५३ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीया आराम नेपाली, ३३ वर्षीया उजना दमाई, ३२ वर्षीय मोहनलाल रोकाया, ३२ वर्षीय विक्रम भण्डारी, ४५ वर्षीय दिपे सार्की, ५५ वर्षीय विसि पाण्डे र हिमाली गाउँपालिका–४ का १८ वर्षीय चन्द्र सार्की रहनुभएको छ।
Read full story at source (gorkhapatraonline.com)