उस्तै डाइलग, उस्तै टोन: राजेश हमाल र विराज भट्टबीच के पाक्दैछ खिचडी ?
kalakarmi.com · Mon Sep 07 06:48:35 GMT 2026

काठमाडौं– अहिले सामाजिक सञ्जालमा अभिनेता राजेश हमाल र विराज भट्टको एउटा भिडियोले चर्चा बटुलिरहेको छ । केही दिनअघि टिकटकमा सार्वजनिक भएको उक्त भिडियोमा दुवै अभिनेतालाई एउटै स्थानमा बसेर भोजपुरी भाषाको एउटै डाइलग बोलिरहेको देख्न सकिन्छ ।
भिडियोमा दुवैले बोलेको डाइलगमा सामान्य शब्दको फरक भए पनि बोल्ने शैली र टोन भने निकै मिल्दो–जुल्दो सुनिन्छ । दुबैले भोजपुरी भाषामा ‘ट्रेलर दिखाना था, यही मूड से आए हैं, माथा गरम मत करो हमारा, ना तो पूरा का पूरा सिनेमा यही खत्म कर देंगे, अभी के अभी’ भन्ने आसयको डाइलग प्रस्तुत गरेका छन् ।
Read full story at source (kalakarmi.com)