भारतीय रिजर्भ बैङ्कद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने
gorkhapatraonline.com · Fri May 22 12:59:27 GMT 2026

भारतको केन्द्रीय बैङ्कले सङ्घीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपियाँ २९ अर्ब ९० करोड डलर भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन गरेको छ । भारतीय रिजर्भ बैङ्क (आरबिआई)ले आफ्नो बोर्डले मध्यपूर्व युद्धको प्रभाव देखिएका वर्तमान समष्टि आर्थिक कारक, वित्तीय प्रदर्शन र ‘उपयुक्त जोखिमको व्यवस्थापन’लाई ध्यानमा राखेर ‘अधिशेषको स्थानान्तरण’ गर्ने निर्णय भएको बताएको छ ।
आरबिआईले सरकारलाई वार्षिक स्थानान्तरण गर्दछ जुन उसले आफ्नै लगानी र बैङ्क नोटको छपाइ र सिक्का बनाउने जस्ता गतिविधिबाट उत्पन्न हुने अतिरिक्त आयको आधारमा हुन्छ । आर्थिक वर्ष २०२५÷०२६ को लागि भुक्तानी गत वर्ष हस्तान्तरण गरिएको २.६९ ट्रिलियन भारतीय रूपियाँ (भारु) को तुलनामा बढी छ तर लगभग तीन ट्रिलियन भारुको औसत विश्लेषकको अनुमानभन्दा फरक हो ।
Read full story at source (gorkhapatraonline.com)