बक्स अफिसमा फिल्म ‘गौँथली’ को आम्दानी कति ?
ratopati.com · Mon Sep 07 07:37:47 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राती ११ः ५९ सम्मको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको रिपोर्टमा फिल्म ‘गौँथली’ ले हालसम्म २५ करोड ८६ लाख २८ हजार ६१५ बढीको व्यवसाय गर्न सफल भएको छ ।
गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिमा ९ लाख ३० हजार ७४४ जना दर्शकले हेरेका छन् । यो चलचित्र नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । ‘कबड्डी–४’ को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले तोडेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।
Read full story at source (ratopati.com)