भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकले दियो २ करोड २२ लाख सहयोग
nepalpress.com · Mon Sep 07 07:35:43 GMT 2026

काठमाडाैं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा १० आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. २ करोड २२ लाख २२ हजार २ सय २२ प्रदान गरेको छ ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरु प्रति राहत पुर्याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको छ ।
Read full story at source (nepalpress.com)