मेसीको सम्मानमा अर्जेन्टिनी फुटबल खेलमा १०औँ मिनेटमा १ मिनेट ताली बजाइने
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026
काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन्।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औँ मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेस्सीको राष्ट्रिय टोलीसँगको अतुलनीय योगदानको सम्मान गरिने जनाएको छ। एएफएले रंगशालामा ठूलो स्क्रिनको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि संघको संस्थागत भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिएको छ। खेलको पहिलो हाफको १०औँ मिनेटमा गरिने यो विशेष सम्मान मेस्सीले लामो समयसम्म लगाएको चर्चित १० नम्बरको जर्सीप्रति लक्षित छ।
Read full story at source (hamrakura.com)